ट्रम्पकी सल्लाहकार भन्छिन्, यौन शोषणको शिकार भएकी छु

सोमबार, १५ असोज २०७५, १२ : ३८
ट्रम्पकी सल्लाहकार भन्छिन्, यौन शोषणको शिकार भएकी छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सल्लाहाकार क्यालियेन क्यान्वेले आफू किशोरावास्थामा यौन दुव्र्यवहारको शिकार भएको बताएकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग यौन हमलाको शिकार भएको बताएकी हुन् । 

५१ वर्षिय क्यान्वेले यो भन्दा अगाडि कांग्रेसका एक सदस्यले यौन शोषण गरेको संकेत दिएकी थिइन । 

क्यान्वेले राष्ट्रपति डोनाल्ड ट्रम्प र सर्वोच्च अदालतको प्रधानन्यायाधिश जज ब्रेट कवानफलाई बचाउन पनि खोजेकी छन् । क्यावेनाले यौन दुव्र्यवहारको शिकार भएका महिलाको पिडा बुझ्न सक्ने बताएकी छन् । कवानफको आरोपको पुष्टि गर्नका लागि सिनेटमा हुन लागेको मतदान एक हप्ताका लागि सारिएको छ, जसलाई एफबिआईले अनुसन्धान गरिरहेको छ । तर अमेरिकी सरकार कवानफको पक्षमा रहेको छ । 

यो भन्दा पहिला कवानफको सिनेट समितिको साथ भएको सुनुवाई अमेरिकालगायत विश्वभरका मानिसहरुले देखेका छन् । डा.क्रिस्टिन ब्लासी फोर्डले समितिसँग कवानफलाई किशोरावस्थामा यौन शोषण गरेको आरोप लगाएकी थिइन् । एफबीआईले यो बाहेक अर्की एक महिलाको आरोप पनि अनुसन्धान गरिरहेको छ । 

क्यान्वेले २०१६ मा राष्ट्रपति ट्रम्पको चुनाव अभियानको क्रममा उनले एमएसएनबीसीसँगको साक्षात्कारमा यौन शोषणको शिकार भएको संकेत गरेकी थिइन् । उनले कांग्रेसका केही सदस्यले आफू युवा अवस्थामा हुँदा अनुचित व्यवहार गरेको बताएकी थिइन् । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताउँदै क्यान्वेले आफू यौन शोषणमा परे पनि जज कवानफ, ज्याक टेपर वा जेफ फ्लेक वा कोही अरु जिम्मेवार नभएको उल्लेख गरेकी छन् । उनले जसले दुव्र्यवहार गर्छ ऊ नै जिम्मेवार हुने समेत बताइन् । 

पिडितको शोषण गर्नेलाई राजनीतिक झुकाव वा लैंगिकताको आधारमा व्यवहार गर्नु सबैभन्दा ठूलो गल्ति भएको उनले बताइन् । 

प्रतिक्रिया दिनुहोस