काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नरहेको बताएका हुन् ।
उनले नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गरे ।त्यस्तै नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताए ।
झाले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘तराईका लागि चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गरेको छ । यसको संरक्षण आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदिराको अवैध कारोबारले सप्तरीमा अशान्ति फैलियोः सांसद झा