बाढीपहिरो पीडितको उद्धार र राहतका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

शुक्रबार, १४ असार २०८१, १४ : ३८
बाढीपहिरो पीडितको उद्धार र राहतका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं। सांसदहरूले वर्षाले देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढी पहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले बाढीपहिरो पीडितका लागि तत्काल राहत, उद्धार, क्षतिपूर्ति, र पुनःस्थापनाका लागि सरकारसमक्ष आग्रह आग्रह गरे ।शिक्षा क्षेत्रमा सुधार गर्न गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक राम्रो व्यवस्था गर्नुपर्नेमा सांसद चौधरीले जोड दिए ।

 

 

 

 

 

 

 

उनले एसईईको नतिजामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु भनेको शिक्षामा सन्तोषजनक अवस्था नभएको भन्दै परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाहीले केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग आठ स्थानमा क्षतिग्रस्त भई सडक अवरुद्ध भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले तत्काल सरकारले राजमार्गको पुनःनिर्माण गरी नागरिकलाई सहजरूपमा आवतजावत गर्ने वातावरण मिलाउन आग्रह गरे ।सांसद शाहीले नेपालको अर्थव्यवस्था निकै सङ्कटको अवस्थामा पुगेको स्मरण गराउँदै अर्थतन्त्र सुधार गर्न स्वदेश नै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

उनले २०३९/४० सालमा विकास खर्च ७१ प्रतिशत थियो तर अहिले घट्दै घट्दै मुलुकको अर्थव्यवस्था नै धरासयी बन्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस