काठमाडौं । नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्रिपाल, झुल लगायतका सामग्री करिब ८० घर परिवारलाई उपलब्ध गराएका हुन् । शर्माले केही सामग्री आफैं वितरण गरेका थिए भने केही सामग्री वडा अध्यक्ष विष्णुमान महर्जनलाई हस्तान्तरण गरेको शर्माको सचिवालयले जनाएको छ ।
वडा अध्यक्ष महर्जनले बाढी पहिरोबाट पीडितलाई अत्यावश्यक राहत सामग्री अपुग भएको भन्दै निरन्तर सहयोगका लागि अनुरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असोज २०८१, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सहयोग आदानप्रदान सम्बन्धमा समझदारी
नयाँ वर्षमा नयाँ सरकार बन्छ: प्रचण्ड
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान