बाढीपहिरो पीडितको राहतका लागि कर्णाली सरकारले ५० लाख सहयोग गर्ने

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १६ : ५१
बाढीपहिरो पीडितको राहतका लागि कर्णाली सरकारले ५० लाख सहयोग गर्ने

सुर्खेत । काठमाडौँ उपत्यका लगायतका देशका विभिन्न स्थानमा बाढी पहिरोबाट प्रभावितका लागि कर्णाली सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।मंगलबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको छ ।

उक्त रकम प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरिने बताइएको छ । यस्तै कर्णाली सरकारले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस