युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा परेन : मन्त्री मगर

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८१, १५ : १४
युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा परेन : मन्त्री मगर

हेटौँडा । बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आलेमगरले बजेटमा युवा तथा खेलकुद मन्त्रालय सरकारको प्राथमिकतामा नपरेको बताएकी छन् । उनले युवा र खेलकुद क्षेत्रको योजनाको माग, प्रथमिकताअनुसार मन्त्रालयले बजेटको सिलिङ प्राप्त गर्न नसेकको बताइन् ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले प्रदेश सरकारले खेलकुद क्षेत्रमा न्यूनतम बजेट दिएको बताइन् । उनका अनुसार मन्त्रालयले गौतम बुद्ध रंगशाला, गौरीटार रंगशाला, चौतारा रंगशाला, सिन्धुली रंगशाला गरी मन्त्रालयको १५ वटा बहुवर्षे योजना रहेको छ । ती योजनामा प्राथमिकताका साथ बजेट विनियोजन गरेको उनले बताइन् ।

‘मन्त्रालयले गत सरकारले स्रोत सुनिश्चितालाई निरन्तरता दिएर बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले अघि बढाएको बहुवर्षे योजनालाई पूर्णता दिन सक्दा खेलकुद क्षेत्रमा पूर्वाधार तर्फ महत्वपूर्ण  उपलब्धी हुन सक्छ भएकाले बजेट विनियोजन गरिएको छ’ उनले भनिन् ।

मन्त्रालयले १३ जिल्लामा युवा तथा खेलकुद परिषद्को संरचना परिचालन गरी सीप सिकाएर युवाहरुलाई स्वरोजगार बनाउने योजनामा काम भइरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस