काठमाडौ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ।
नेपाल टेलिकमले पनि आईभीआर, एसएमएस वा वेबसाइटको माध्यमबाट एसईईको नतिजा थाहा पाउन सकिने जनाएको छ।
टेलिकमको मोवाइल फोन या ल्यान्डलाइनबाट १६ सय डायल गर्दा प्राप्त हुने निर्देशानुसारको प्रक्रियाबाट नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।
त्यसैगरी मोवाइल फोनबाट १६ सयमा सिम्बोल नम्बरसहित एसएमएस पठाएर पनि नतिजा थाहा पाइने छ। टेलिकमको वेवसाइटबाट मार्कसिटसहितको नतिजा पाप्त गर्न सकिने टेलिकमले जनाएको छ।
त्यसैगरी निजी क्षेत्रको दूर सञ्चार प्रदायक संस्था एनसेलको एपमार्फत पनि एसईईको नतिजा हेर्न सकिने जनाएको छ।
एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिनेछ।
बोर्डले आजै बिहान एसईईका नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले नतिजा प्रकाशित भएपछि सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको हो।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर हेर्न सकिने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।
परीक्षा नियन्त्रण कार्यालयले रिजल्ट प्रकाशित गर्नको लागि १० वटा वेबसाइट र पाँच वटा संस्थालाई एसएमएस र आईभीआरबाट रिजल्ट प्रकाशित गर्न अनुमति प्रदान गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित सबै निरीक्षक हटाइयो
मकवानपुरमा ६ कैदीबन्दी एसईई परीक्षामा सहभागी
एसईई आजदेखि शुरु
केन्द्रीय कारागाबाट यो वर्ष १९ जनाले एसईई दिँदै
एसइई परीक्षाको तयारी पूरा, पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै
यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समयतालिका