आईसिसी टी-२० विश्वकप

अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो ५७ रनको लक्ष्य

सफल खबर संवाददाता

विहीबार, १३ असार २०८१, ०७ : ४४
अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो ५७ रनको लक्ष्य

काठमाडौं। जारी आईसिसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाएर ५६रन मात्र जोड्यो।

अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २–२ विकेट लिए।

अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्।

अफगानिस्तान पहिले न्युजिल्यान्ड, अस्ट्रेलिया र त्यसपछि बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस