काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–इनरुवा ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन चार्ज गरेको छ । प्राधिकरणका अनुसार यहि जेठ अन्तिम साता निर्माण सम्पन्न भएको यो प्रसारण लाइन सफलतापूर्वक आज चार्ज गरिएको हो ।
विद्युतीय प्रसारण लाइन सबल बनाउन र नेपाल भारत विद्युत् व्यापारका लागि यो आयोजना अघि बढाइएको थियो । १५४ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइनले ४ हजार मेगावाटसम्म बिजुली प्रवाह गर्न सक्छ ।
यो परियोजनालाई प्राधिकरणले दुई खण्डमा विभाजन गरेको निर्माण अघि बढाएको थियो । यसलाई १३४ किलोमिटर र १५४ किलोमिटरमा गरी दुई खण्डमा विभाजन गरिएको थियो । १५४ किलोमिटर ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएपछि १३४ किलोमिटर लम्बाई भएको हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन अवस्थामा छ ।
प्राधिकरणका अनुसार देशभित्र विद्युत् आपूर्तिका लागि बनेको यो पहिलो ४०० केभी क्षमताको प्रसारण लाइन हो । यस अघिसम्म ४०० केभी क्षमताको ढल्केबर–मुज्फ्फुर प्रसारण लाइन मात्रै सञ्चालनमा थियो ।
यसबाट नेपाल–भारत विद्युत् व्यापार हुँदै आइरहेको थियो ।प्राधिकरणले असार २ गते ढल्केबर–इनरुवा प्रसारण लाइनको परीक्षण गरेको थियो । परीक्षण सफल भएलगत्तै प्रसारण लाइन चार्ज गरेर विद्युत् प्रवाह सुरु गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असार २०८१, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ