सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

सफल खबर संवाददाता

सोमबार, १० असार २०८१, १३ : ३१
सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

काठमाडौं । सहकारी संस्थाका पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा युवादेखि वृद्धवृद्धाहरुसमेत सहभागी छन् । कतिपय वृद्धवृद्धा आफूले नियमित खाने औषधि समेत बोकेर प्रदर्शनमा सहभागी छन् । उनीहरुले सहकारीको रकम हिनामिना गर्नेहरुलाई पक्राउ गरी कारबाही गर्न र पीडित बचतकर्ताको रकम फिर्ता गर्न माग गरेका छन् ।

पीडितहरुको प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन पनि गरेका थिए ।