आफ्ना कुरा राख्न सहकारी पीडितहरू संसदीय विशेष समितिमा

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, १३ : १०
आफ्ना कुरा राख्न सहकारी पीडितहरू संसदीय विशेष समितिमा

काठमाडौं। सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारी पीडितहरूसँग छलफल गरेको छ । संसद् सचिवालय सिंहदरबारमा बुधवार बसेको बैठकमा सहकारी पीडितहरूलाई आमन्त्रण गरिएको हो ।

विभिन्न सहकारीबाट ठगिएका पीडितको संघर्ष समितिका अगुवाहरू छलफलमा सहभागी छन् । सहकारी विभागका पूर्वरजिष्ट्रार, सहकारी विज्ञ, गृहसचिव र प्रहरी महानिरीक्षक लगायतसँग समितिले छलफल गरिसकेको छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको गोरखा मिडियामा विभिन्न सहकारीबाट गएको रकमबारे समेत छानबिन गर्ने जिम्मा पाएको छ ।नेकपा (एमाले)का सांसद सूर्य थापा संयोजकत्वको समितिलाई सहकारी समस्याबारे सुझावसहितको प्रतिवेदन बनाउने कार्यादेश छ । 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस