काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय टोली एपीएफले चौथो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपीएफ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जित्दै पहिले ब्याटिङ गरेको सुदूरले १९१ रन बनाएको थियो। १९२ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ३६.३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ६८ बलमा ५ चौका प्रहार गरेका हुन्। ओपनरद्वय लोकेश बम र आसिफ शेखले क्रमशः १९ र ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। कप्तान रोहित पौडेल १४ रनमा रन आउट भए। दिपक बोहोराले १६ र सुमित महर्जनले १२ रन बनाए। भुवन कार्की १४ र कमल सिंह ऐरी २ रनमा अविजित रहे।
सुदूरका लागि बलिङमा शेर मल्ल, विकास आग्री र नारायण जोशीले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४८.५ ओभरमा १९१ रन बनाउँदै अलआउट भएको हो। सुदूरपश्चिम प्रदेशका लागि निश्चल क्षेत्रीले सर्वाधिक ५७ रन बनाए। उनले ९२ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
ओपनर प्रकाश पाण्डेले ४२, किरण ठगुन्नाले १२, सुनिल चन्दले १०, शेर मल्लले ११ हेमन्त धामीले १० रन बनाए। सूर्य श्रेष्ठ ३ रनमा अविजित रहे। एपीएफका लागि बलिङमा अमर सिंह रौतेला र कप्तान रोहित पौडेलले समान ३-३ विकेट लिए। भुवन कार्कीले २ र अभिषेक गौतमले १ विकेट लिए। सुदूरपश्चिमको यो पाँचौँ हार हो। सात खेल खेलेको सुदूरले २ जित दर्ता गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एपीएफले उचाल्यो एन्फा महिला लिगको ट्रफि
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)