मन्त्रिपरिषद् बैठक बस्दै, मुख्यसचिव र राजदूत सिफारिस एजेन्डा

सफल खबर संवाददाता

सोमबार, १० असार २०८१, १० : ३२
मन्त्रिपरिषद् बैठक बस्दै, मुख्यसचिव र राजदूत सिफारिस एजेन्डा

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दैछ ।

अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले मुख्यसचिवको नियुक्ति र बाँकी देशका राजदूत सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । 

‘मुख्यसचिव नियुक्त गर्ने सम्भावना छ । त्यस्तै तीन देशका राजदूत सिफारिस हुनसक्छ’, ती मन्त्रीको भनाइ छ ।  मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार प्रकरणमा अख्तियारले आइतबार मुद्दा दायर गरेको थियो ।

त्यस्तै ११ मध्ये ८ देशका राजदूत सिफारिस भए पनि ३ तीन देशका राजदूत सिफारिस हुन बाँकी छ ।