आफ्ना सांसदलाई काँग्रेसले भन्यो-संसद‍्मा अनिवार्य उपस्थित हुनु

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, १९ : ३४
आफ्ना सांसदलाई काँग्रेसले भन्यो-संसद‍्मा अनिवार्य उपस्थित हुनु

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । 

शुक्रबार अपराह्न नयाँ बानेश्वरमा बसेको दलको बैठकले संसदबाट बजेट पारित नहुञ्जेलसम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । 

आगामी आर्थिक वर्षको २०८१/८२ को विनियोजित विधेयक बजेट आगामी संसद् बैठकमा निर्माणार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ । असार ९ गतेबाट सुरु हुने सबै बैठकमा विनियोजन विधेयक निर्माणार्थ प्रस्तुत नहुन्जेलसम्मका लागि सबै सांसदलाई अनिवार्य उपस्थिति हुन दलको बैठकले निर्देशन दिएको लेखकले बताए ।

संसदमा दलको निर्देशन अनुसार प्रस्तुत हुन सांसदलाई भनिएको लेखकले बताए । बजेट असन्तुलित, पक्षपाती र पूर्वाग्रहपूर्ण रहेको लेखकले बताए । 

प्रतिक्रिया दिनुहोस