कांग्रेस संसदीय दलको बैठक आज

सफल खबर संवाददाता

शुक्रबार, ०७ असार २०८१, ०७ : ३३
कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।  

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो ।  त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ ।

प्रमुख सचेतक रमेश लेखकले बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस