काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बारेमा संसदलाई जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा गएका प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण बारे विहिबार संसदलाई जानकारी गराएका हुन् ।
उनले विविध कारणले यस अघि संसदलाई जानकारी गराउन नसकेको बताउदै भारत भ्रमणको क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी, क्याबिनेट मन्त्री एस जयशंकर, भारतीय उद्योग वाणिज्य महांसघका प्रतिनिधिहरुसँग भेटवार्ता गरेको जानकारी गराएका हुन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्याण्ड र जर्मनीको भ्रमण बारे पनि संसदलाई जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट
प्रधानमन्त्री ओलीले सुरु गरे सगरमाथा संवाद
सिंहदरबारबाट प्रधानमन्त्रीले आज ‘सगरमाथा संवाद’ घोषणा गर्ने
प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
अध्यादेश कांग्रेससँगको सहमतिमै ल्याइएको हो : प्रधानमन्त्री ओली