काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले भालुवाङ प्युठान मोटरबाटोका सम्बन्धमा सरकारको ध्यान नपुगेको भन्न प्रयोग गरेको उखान संसदीय रेकर्डबाट हटेको छ ।
यो बाटोका लागि सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा उचित रकम नदिइएको र बर्षायाममा गर्नुपर्ने पूर्वतयारी लगायतका काम नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।
समस्या आएपछि समाधान गर्नेभन्दा पूर्वतयारी गर्नुपर्ने भन्नका लागि उनले एउटा उखान प्रयोग गरेका थिए । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले लैङ्गिक भेदरुपी उखान प्रयोग गरेको भन्दै नियमापत्ति गरिन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले असंसदीय शब्द र लैङ्गिक भेद देखिने शब्द आएको उल्लेख गर्दै त्यसलाई हटाएको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारले प्रधानमन्त्रीलाई सोधका प्रश्नहरूप्रति सूर्य थापाले जनाए आपत्ति
कांग्रेसमाथि सूर्य थापाको आक्रोश : दिउँसै रात पार्ने प्रयास भयो
रास्वपाको राजनीतिक प्रतिशोधको बेलुन जिल्ला अदालतमा फुस्कियो : सूर्य थापा
सूर्य थापाको तेस्रो स्टाटस : '६५ लाख धरौटीमा रिहा'- सफाइ !
रविको नयाँ नाटक पनि सुपरफ्लप हुन्छ : सूर्य थापा
विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ छन् : सूर्य थापा