काठमाडौं । विभिन्न आरोह अवरोह पार गर्दै र प्रतिस्पर्धामा अब्बल ठहरिएर निजामती सेवामा प्रवेश गरेकाहरूले अवधि नपुग्दै जागिर छोड्ने गरेका छन्।
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै ६ सय ३५ जना कर्मचारीले जागिर छोडेको पाइएको छ । उनीहरूले के कारणले जागिर छोडे भन्नेबारेमा सरकारले कुनै खोज अनुसन्धान गरेको छैन ।
भविष्य सुन्दर बनाउने लक्ष्य लिएर निजामती क्षेत्रमा प्रवेश गरेकाहरूले पूरै अवधि जागिर नखाँदै किन बीचैमा छोडे भन्नेबारेमा सरकारी निकाय अनविज्ञ छ । निजामती सेवामा प्रवेश गर्नेहरूले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकालबाहेकको अवस्थामा ५८ वर्ष उमेरसम्म जागिर खान पाउँछन् । गत ११ महिनामा जागिर अवधि सकिएर अवकाशमा गएका कर्मचारीको संख्या भने १८ सय १२ रहेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पब्लिक युथ क्याम्पसका सात जना कर्मचारीले सरुवा मागे
सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल
बुढानीलकण्ठ नगरपालिकाले माग्यो कर्मचारी
यूएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सय
जबरजस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ
यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी