राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, ०८ : १८
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह

काठमाडौं । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ । 

सो समारोहमा उहाँले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे । “जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने ।

उनले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे । उनले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु आजको विश्वको साझा चुनौती रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनुपर्नेमा जोड दिए । 

सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत  रामकाजी खड्का तथा यहाँस्थित  नेपालीहरूले स्वागत गरेका थिए । सो  अवसरमा राजदूत खड्काले जर्मन  नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक  पक्षबारे जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस