एजेन्सी । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
पक्राउपछि राष्ट्रपतिले एक भिडियो सन्देश जारी गर्दै आफू विरुद्धको अनुसन्धान गैरकानूनी भएको बताएका छन्।
युन सुक-योलले गत वर्ष डिसेम्बर ३ मा मार्शल ल लगाउने घोषणा गरेका थिए, तर विरोध प्रदर्शनपछि केही घण्टापछि त्यसलाई फिर्ता लिएका थिए।
पक्राउ परेका राष्ट्रपति युन सुक-येओलले एक भिडियो वक्तव्यमा भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन आफू सहमत भएको बताएका छन्।
आफ्नो सन्देशमा उनले भने, "यो अवैध अनुसन्धान भए पनि मैले कार्यालयमा उपस्थित हुने निर्णय गरें। रक्तपात नहोस् भनेर मैले यो निर्णय लिएको हुँ।"
उनले भने, "यद्यपि, यसको अर्थ यो होइन कि म यो अनुसन्धानलाई सही मान्छु।"
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ माघ २०८१, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति
राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना