काठमाडौँ । काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका १२२ जना, भक्तपुरका २७ जना र ललितपुरका १८ जना गरी काठमाडौँ उपत्यकाका १७२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७२ जिल्लाका १ हजार १ सय ७५ जना सङ्क्रमित भएका छन् । यसमध्ये काठमाडौँ उपत्यकामा १७२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५ गतेसम्म देशभरका १ हजार १ सय ७५ जनामा डेंगु पुष्टि भएको छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण
कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण
देशभर एक हजार ५ सय ५७ जनामा डेंगु सङ्क्रमण
गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून