गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून

सफल खबर संवाददाता

बुधबार, २६ असार २०८१, १२ : ४८
गत वर्षको तुलनामा डेंगु सङ्क्रमण न्यून

काठमाडौँ । नेपालमा गत वर्षको तुलनामा हालसम्म डेंगु सङ्क्रमण न्यून देखिएको छ । सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म १ हजार ८०५ जना डेंगु सङ्क्रमित भेटिएका थिए भने यो वर्ष (सन् २०२४ को सोही अवधिमा) १ हजार ४८३ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत वर्ष जुन महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । तर यो वर्ष जुनमा पनि गत वर्षको तुलनामा सङ्क्रमित सङ्ख्या कम छ ।

गत वर्ष जुन महिनामा १ हजार २६ जनामा डेंगु पुष्टि भएको थियो । यो वर्षको जुन महिनामा ३२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  यो वर्ष सन् २०२४ को जनवरी महिनामा २४३ जनामा डेंगु सङ्क्रमण भएको छ ।

यस्तै, फेब्रुअरीमा १७३ जनालाई डेंगु भएको छ भने मार्चमा २०० जना, अप्रिलमा २१८ जनालाई डेंगु भएको छ भने मे महिनामा २५८ जनालाई डेंगु सङ्क्रमण भएको छ । जुलाई महिनामा ७१ जनामा डेंगु पुष्टि भएको छ ।गत वर्ष सन् २०२३ को जनवरीमा १३३ जनालाई डेंगु सङ्क्रमण भएको थियो । फेब्रुअरीमा १३० जना, मार्चमा १९५, अप्रिलमा १५८, मे महिनामा १६३ जनामा डेंगु भएको छ ।

जुनमा १ हजार २६ जनालाई डेंगु सङ्क्रमण देखिएको थियो । त्यसबेला यो महिनादेखि डेंगु सङ्क्रमण उच्च भएको थियो । ‘गत वर्ष जुलाईमा ६ हजार ४५९ जनामा डेंगु सङ्क्रमण भएको थियो भने ४ महिना सङ्क्रमणको जोखिम उच्च नै थियो’ महाशाखाले भनेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस