जसपा महाधिवेशन : अध्यक्ष पदमा उपेन्द्रले लिए शपथ, अन्य पदमा चुनाव नहुने

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १४ : ३४
जसपा महाधिवेशन : अध्यक्ष पदमा उपेन्द्रले लिए शपथ, अन्य पदमा चुनाव नहुने

काठमाडौँ । जनता जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले  शपथ ग्रहण गरेका छन् ।  एकताको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका यादवले बिहीबार शपथ लिएका हुन् ।

अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । सो पदमा उनलाई सर्वसम्मतिले अध्यक्ष घोषणा गरिएको थियो । त्यसबाहेकका अन्य पदमा अन्य नेताहरूले उम्मेदवारी दिएका थिए । तर अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सबै पदमा सहमतिका लागि प्रयास भइरहे अन्ततः त्यसको टुङ्गो लगाउन अध्यक्ष यादवलाई जिम्मेवारी दिइएको छ ।  ‘अध्यक्ष यादवले जे निर्णय गर्छन् त्यसमा सबैले स्वीकार गर्ने सहमति भएको छ’ जसपा नेपालका नेता पूर्ण बस्नेतले भने ।