सिरहा। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
बलिदान दिवसका अवसरमा आज लहानमा शहीदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुराकानीमा अध्यक्ष यादवले प्रतिपक्षी दलहरूले समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको बताए ।
अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेश आन्दोलनको पनि भूमिका रहेको बताए । मधेश प्रदेश सरकारले मधेश आन्दोलनका पहिलो शहीद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालका अध्यक्ष यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
जसपा नेपालका अध्यक्ष यादव चिली भ्रमणमा जाँदै
एनजीओको कार्यक्रममा भाग लिन उपेन्द्र यादव दिल्लीमा
उपेन्द्र यादवको मुद्दा हेर्न नमिल्नेमा
लोकतन्त्र स्वेच्छाचारीतन्त्रमा बदलिँदैछ : उपेन्द्र यादव
जसपा महाधिवेशन : अध्यक्ष पदमा उपेन्द्रले लिए शपथ, अन्य पदमा चुनाव नहुने