जसपा नेपालका अध्यक्ष यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, ०५ मंसिर २०८१, १४ : २३
जसपा नेपालका अध्यक्ष यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका कम्युनिष्ट पार्टीका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो काठमाडौंमा भएको द्विपक्षीय भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, सामाजिक न्याय, मानवअधिकार, समाजवाद र लोकतन्त्र लगायतका विषयमा उनीहरूबीच छलफल भएको छ ।

भेटवार्तामा लोकतन्त्रको रक्षा, सामाजिक न्यायको स्थापना र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सवालमा जसपा नेपाल र रसियन कम्युनिष्ट पार्टीबीच समान धारणा रहेको यादवको सचिवालयले जनाएको छ । साथै,परिवर्तनका उपलब्धि रक्षाका लागि दुवै पार्टी प्रतिबद्ध रहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।