काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, ०७ : ५८
काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

काठमाडौं ।  काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक पुरुष घाइते भएका छन्।

बुधबार साँझ काभ्रेको चौरी देउराली नगरपालिका-८ मा बागमति प्रदेश ०२-०३०  प ३२६८ नम्बरको मोटरसाइकल आफैँ दुर्घटनामा परेको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक काभ्रेकै रोशी गाउँपालिका ९ का २५ वर्षीय सुमन कुमार लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

प्रहरीका अनुसार चौरीदेउराली-८ बिर्ता देउराली स्वास्थ्य चौकी नजिकै मोडमा भित्री बाटोहुँदै मध्ये पहाडी लोकमार्ग निस्कदैँ गरेको मोटरसाइकल तीव्र गतिको कारण आफैँ अनियन्त्रीत भई  दुर्घटनामा परेको हो। 

दुर्घटनामा मोटरसाइकलको पछडि सवार काभ्रेकै तेमाल गाउँपालिका-५ का ४० वर्षीय सरोज लामा घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनी खतरामुक्त छन्।