असार ७ गते विद्यालयस्तरमा विश्व योग दिवस मनाइने

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १५ : ३४
असार ७ गते विद्यालयस्तरमा विश्व योग दिवस मनाइने

काठमाडौँ। नेपाल सरकारले आगामी असार ७ (२१ जुन) गते विश्व योग दिवसलाई विद्यालयस्तरमा मनाउने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षता आज बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ नाराका साथ विद्यालयस्तरमा दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गरिनुका साथै विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस