टी-२० विश्वकपको सुपर ८ मा पुग्यो अस्ट्रेलिया

सफल खबर संवाददाता

बुधबार, ३० जेठ २०८१, १० : ०७
टी-२० विश्वकपको सुपर ८ मा पुग्यो अस्ट्रेलिया

काठमाडौँ । अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ ।

समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो । नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्बाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए ।

नामिबियाको ब्याटिंग धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएका हुन् । योजितपछि समुह बी मा अस्ट्रेलियाले ३ खेलमा तिनै जित हासिल गरेर ६ अंकसहित शिर्ष स्थानमा छ र अब सुपर ८ मा छनौट भइसकेको छ ।

त्यस्तै नामिबियाको भने तेस्रो खेलमा यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको नामिबिया सुपर ८ को दौड बाट बाहिरिएको छ । यस समूहबार यसअघि ओमान पनि सुपर ८ को दौडबाट बाहिरिएको थियो ।

समुह बी मा स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ भने ईङल्याण्ड २ खेलमा एक अंक सहित चौथो स्थानमा रहेको छ ।