भाजपा सांसद कंगना रनौतलाई महिला प्रहरीको थप्पड

एजेन्सी

शुक्रबार, २५ जेठ २०८१, ०८ : ४०
भाजपा सांसद कंगना रनौतलाई महिला प्रहरीको थप्पड

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतमाथि बिहीबार चण्डीगढ विमानस्थलमा एक व्यक्तिले थप्पड हानेको समाचार छ । 

 हिमाचल प्रदेशको मन्डी सिटबाट लोकसभामा विजयी अभिनेत्रीलाई केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) की एकजना महिला जवानले थप्पड हानेको समाचारमा उल्लेख छ ।  यस मामिलालाई लिएर कंगनाले प्रहरीमा निवेदन दिएकी छन् ।

सीआईएसएफकी महिला जवानले कंगनाद्वारा किसान आन्दोलनमा महिलाबारे एक विवादित वक्तव्य दिएको भन्दै थप्पड हानेकी हुन् । 

थप्पड हानेको आरोपमा महिला जवान कुलविन्दर कौरलाई अहिले हिरासतमा लिइएको छ ।

कंगना रनौत आफ्नो फिल्मका साथै विवादित र तिखा टिप्पणीका कारण विवादमा तानिने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस