सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४४ हजार पुग्यो

सफल खबर संवाददाता

विहीबार, २४ जेठ २०८१, ११ : १७
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४४ हजार पुग्यो

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार जेठ २२ गते तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ रेकर्ड भएको सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात् बुधवार केही घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भए पनि बिहीबार पुनः १८ सय रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको हो ।

सुनमा भएको भन्सार कर वृद्धि र अन्तर्राष्ट्रियै भएको मूल्यवृद्धिको असर स्थानीय बजारमा देखिएको हो ।महासङ्घका अनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँ थियो ।