सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?

सफल खबर संवाददाता

बुधबार, १९ असार २०८१, १० : ५१
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ । आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम थियो । आज ४०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।

यसबाहेक आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ थियो । यो तोलामा २० रुपैयाँको वृद्धि हो ।