घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, २७ जेठ २०८१, ११ : ०१
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको मूल्य एकै दिन ४ हजार रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार ४ हजार रुपैयाँले घटेर सुनको कारोबार सुरु भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम रहेको जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ छ । गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ थियो ।

महासङ्घले आज चाँदीको मूल्य समेत घटेको जनाएको छ । महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा ७५ रुपैयाँ घटेको हो । यससँगै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ ।