भारतमा मतगणना : प्रारम्मिक मतपरिणाममा सत्तारुढ एनडीएको अग्रता

सफल खबर संवाददाता

मंगलबार, २२ जेठ २०८१, ०९ : १८
भारतमा मतगणना : प्रारम्मिक मतपरिणाममा सत्तारुढ एनडीएको अग्रता

नयाँ दिल्ली । भारतमा ५४३ लोकसभा सिटको मतगणना सुरु भएको छ। पहिले हुलाक मतपत्रको गणना भइरहेको छ । त्यसपछि ईभीएम खोलिनेछ। 

अबको दुई घण्टामा नयाँ सरकारको स्थिति लगभग स्पष्ट हुनसक्छ । प्रारम्भिक रुझानमा, भाजपा नेतृत्वको एनडीएको २३१ सिटमा अगाडि छ,  कंग्रेस नेतृत्वको ईन्डिया १३९ सिटमा अगाडि छ।

गत १६ मार्चमा, निर्वाचन आयोगले ७ चरणमा लोकसभा सिटहरूको लागि मतदानको मिति घोषणा गरेको थियो। अप्रिल १९ बाट सुरु भएको मतदान जुन १ मा सकिएको थियो । ४४ दिनको यो निर्वाचन सन् १९५२ पछिको सबैभन्दा लामो थियो। 

सन् १९५२ मा ४ महिना चुनाव चलेको थियो । जुन १ मा जारी १२ प्रमुख एक्जिट पोल अनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने देखिन्छ।