काठमाडौँ । भारत र नेपालबिच सर्किट टुरिजमको कार्यान्वयनलाई प्रोत्साहन गर्न उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५ को प्रवर्द्धन गरिने भएको छ । त्यसको विषयमा नेपालस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलवार एक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको पर्यटनमा विशेषगरी स्थलमार्गबाट हुने अन्तर्देशीय पर्यटनको ठुलो योगदान रहेको धारणा राखेका थिए । उनले नेपाल–भारतले दुर्गम क्षेत्र सुदूरपश्चिम प्रदेशमा अन्तर्देशीय कनेक्टिभिटिमा ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठुलो स्रोत भारत रहेको धारणा राखेका थिए । नेपाल पर्यटन बोर्डले नेपाल–भारत पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न पहलहरूबारे पनि आफ्नो धारणा राखेका थिए ।
भारतीय दूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवले भारत र नेपालबिच पर्यटनमा उच्चमा वृद्धि भइरहेको बताउँदै भौतिक र डिजिटल कनेक्टिभिटीमा भएको विकासबारे जानकारी गराएका थिए । नेपालका विभिन्न ठाउँ तथा भारतका छिमेकी राज्यमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरुको प्रवर्द्धनमार्फत भारत–नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षले निरन्तर प्रयास गर्नुपर्ने कुरामा उनले जोड दिएका थिए ।
उत्तर प्रदेशकी पर्यटन अधिकृत कीर्तिले नेपाली भक्तहरूका लागि कार्यक्रमको महत्वबारे जानकारी दिँदै महाकुम्भ २०२५ को विषयमा पनि आफ्नो प्रस्तुति दिएकी थिइन् । सम्मेलनमा भएको बीटुबी कार्यक्रममा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटरहरूको सहभागिता थियो ।
विशेषगरी स्थलमार्ग हुँदै अन्तर्देशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरहरूले दुवै देशका पर्यटकहरूका लागि सम्भावित यात्रा योजनाहरूको बारेमा विचार विमर्श भएको भारतीय दुतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने
किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य