एजेन्सी । रियल म्याड्रिडले फ्रेन्च फुटबलर किलीयन एम्बाप्पेलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई फ्री-ट्रान्सफरमा भित्र्याएको हो ।
२५ बर्षिय एम्बाप्पेको पिएसजीमा जुन ३० मा सम्झौता सकिने भएपछि उनी फ्री- ट्रान्सफरका लागि उपलब्ध थिए । रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिग जितेसँगै एम्बाप्पेसँग सम्झौता गरेको विषय बाहिरिएको थियो ।
एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।
पिएसजीमा उनले करिब २५ मिलियन युरो बार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् ।
उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने बताइएको छ, यद्यपी यस बारे औपचारिक जानकारी दिइएको छैन ।
मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि-ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ ।
रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो ।
२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २२ जेठ २०८१, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी
एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा