एजेन्सी । स्पेनिस ला लिगको खेलमा गेटाफेलाई २-० ले हराउँदै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरीलाई छोट्याएको छ।
आइतबार म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलका लागि जुड बेलिङ्घम र केलिएन एम्बाप्पेले गोल गरे।
एलियोन नियोमले एन्टेनियो रुडिगरलाई फल गरेपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै ३० औँ मिनेटमा बेलिङ्घमले रियललाई अग्रता दिलाएका थिए।
त्यसको ८ मिनेटपछि बेलिङ्घमकै पासमा एम्बाप्पेले गोल गरे। तालिकामा १५ खेल खेलेको बार्सिलोनाको ३४ तथा १४ खेल खेलेको रियल म्याड्रिडको ३३ अङ्क छ। १५ खेल खेलेको एट्लेटिको म्याड्रिडको ३२ अङ्क छ।
स्पेनिस ला लिगाकै आइतबार भएका अन्य खेलमा एथलेटिको क्लबले रायो भल्कानोलाई २-१ ले तथा रियल सोसिडाडले रिल बेटिसलाई २-० ले हराए।
अर्को खेलमा भिल्लारियल र गिरोना बिच २-२ गोलको बराबरी भयो। २६ अङ्क भएको एथलेटिको क्लब चौथो तथा भिल्लारियल पाँचौँ स्थानमा छन्। २२ अङ्क भएको गिरोना सातौँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १७ मंसिर २०८१, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता
रियल म्याड्रिडमा भित्रिए एम्बाप्पे
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा