सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम जेठ २० मा ल्याउने

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, ०९ : २२
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम जेठ २० मा ल्याउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जेठ २० गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

मुख्यमन्त्री सोडारीले आइतबार प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका छन् ।

हाल सो विधेयक उपर छलफल चलाउन खोजिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)ले निरन्तर प्रदेश सभा बैठक बहिष्कार गर्दै आएको छ ।

यसैबिच जेठ २० सरकारका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको र सोही बमोजिम बैठक आह्वान गरिएको सभामुख भीम बहादुर भण्डारीले बताए ।