काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।सुनसरी, बराहक्षेत्र नगरपालिका-२ करमखोला पुलस्थित सडकमा तेर्हआदीबाट चतरातर्फ जाँदै गरेको को.२८ प ४७५८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-२ सखुवागाछी बस्ने ३५ वर्षीय पुष्प बस्नेतको छोरा ७ वर्षीय अनुभब बस्नेतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पुष्प बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही, बसबरिया गाउँपालिका-१ मानपुस्थित सडकमा प्र.२-०२-००१ त २२८० नम्बरको ट्याक्टरले किचेर धनकौल गाउँपालिका-३ हरकठवा बस्ने ३० वर्षीय सुरेश कुमार सिंहको शनिबार साँझ मृत्यु भएको छ ।
सोही सडकमा म.प्र ०३-०३०प ९८५८ नम्बरको मोटरसाइकल र हाल अल्फाबेट नखुलेको १६४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएपश्चात मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जाँदै गरेको उक्त ट्याक्टरले म.प्र ०३-०३०प ९८५८ नम्बरको मोटरसाइकल चालक सिंहलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । मकवानपुर, हेटौँडा उपमहानगरपालिका-३ तिनताप्केस्थित सडकमा नेवारपानीबाट लेवटतर्फ जाँदै गरेको ना.१ ज ७५६० नम्बरको म्याजिक गाडीको ठक्करबाट पैदलयात्री सोही उपमहानगपालिका-१२ बनस्पति बस्ने ५५ वर्षीय श्याम बहादुर विकको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी मकवानपुर, मनहरि गाउँपालिका-६ नयाँ बजारस्थित सडकमा ना.५ ख ७७२१ नम्बरको ट्रकले बा.प्र.-०३-००४ प ६९७३ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका-८ कमाने बस्ने ४५ वर्षीय दिनेश कार्कीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उदयपुर, उदयपुरगढी गाउँपालिका-६ दनुवार बेसीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएको अवस्थामा फेला परेकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका भित्री सडकमा सवारी दुर्घटना धेरै
छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
कर्णाली प्रदेश : दसैँ–तिहारमा १०२ वटा सवारी दुर्घटना, १९ जनाको मृत्यु
विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा चार जनाको मृत्यु
सवारी दुर्घटनामा महिलाको मृत्यु, २६ घाइते