प्रतिपक्ष र सरकारमा रहेका बेला गृहमन्त्रीको बोली किन फरक भयो : ज्ञानबहादुर शाही

सफल खबर संवाददाता

आइतबार, १३ जेठ २०८१, १२ : ३७
प्रतिपक्ष र सरकारमा रहेका बेला गृहमन्त्रीको बोली किन फरक भयो : ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिपक्ष र सत्तापक्षमा रहँदा गृहमन्त्री रवि लामिछानेको बोली फेरिएको भन्दै कटाक्ष गरेका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखले दिएको समयमा बोल्दै शाहीले हिजोका दिनमा गृहमन्त्री रवि लामिछानेले विवादित नाम आउँदा छानबिनका लागि गृहमन्त्रीको मुटु छ कि छैन भन्दै प्रश्न गरेको स्मरण गराए ।

उनले गरिब जनताले बचत गरेको सहकारीको रकम अपचलन गरेको बताउँदै छानबिन गर्न दिन गृहमन्त्रीलाई आग्रह गरे ।  संसद् संसद् जस्तो नभएको बचाउँदै  सत्ता तर्फको कुर्सीमा बस्दा र विपक्षीको कुर्सीमा बस्दा चरित्र फरक हुने गरेको बताए ।

उनले रसियामा अलपत्र परेका व्यक्तिहरूको उद्धार हुन नसकेको बताए । सांसद शाहीले सहरकारीको विषयमा छानबिन समिति बनाउन गृहमन्त्रीलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस