अभ्यास खेलमा नेपाल विजयी

सफल खबर संवाददाता

शनिबार, १२ जेठ २०८१, ०८ : ००
अभ्यास खेलमा नेपाल विजयी

काठमाडौ । ह्युस्टन हरिकेन्ससँगको पहिलो अभ्यास खेलमा नेपाल विजयी भएको छ । शुक्रवार राति सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो 

जितका लागि नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । हरिकेन्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले २/२ विकेट लिए । रोहित पौडेल, अविनास बोहरा, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका अनिल कुमार शाहले सर्वाधिक ४७ रन बनाए ।

प्रतिक्रिया दिनुहोस