कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १३ : ४३
कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

कालिकोट । कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको हो ।प्रहरीकाअनुसार उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् ।

घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको छ ।घाइतेको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ । घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस