राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १२ : ४८
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंकको बिहीबार  बिहान बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हेमराज खरेलले जानकारी दिए ।

उनका अनुसार खनाल चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । उनी यसअघि डेपुटी सीईओ थिए ।यसअघि बेंकले सीईओका लागि आवेदन दिएका मध्येबाट पाँच जनाको नाम ‘सर्टलिस्ट’ मा राखेको थियो । 

सर्ट लिस्टमा पर्नेहरूमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी थिए ।सीईओका लागि २० जनाले आवेदन दिएका थिए । बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएपछि पद रिक्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस