काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले अबदेखि आफूलाई लोकतान्त्रिक पार्टी भन्न छोड्नुपर्ने बताएका छन् । संसद् भवन परिसरमा सोमबार पत्रकारहरूलाई प्रतिक्रिया दिँदै कांग्रेसको अलोकतान्त्रिक चरित्र उदांगो भएको उनले बताएका हुन् ।
बर्तौलाले भने, ‘कांग्रेसले आजको प्रतिनिधि सभा बैठकमा जे गर्यो त्यसले यो पार्टी लोकतान्त्रिक होइन भन्ने पुष्टि भएको छ । अबदेखि कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्न छोडे हुन्छ ।’
आजको शैली र तरिका कांग्रेसका लागि घातक भएको पनि बर्तौलाले बताए । उनले भने, ‘संसदीय मर्यादा विपरीतका गतिविधि कांग्रेसकै लागि घातक हो । यसले कांग्रेसलाई ठूलो घाटा पर्नेछ ।’
कांग्रेसले संसद्मा दादागिरी, अराजकता र उद्दण्डता देखाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीड जम्मा गरेर कानूनी प्रक्रियामा अवरोध गर्नु अपराध हो : महेश बर्तौला
दल विभाजन अध्यादेश सरकारले आवश्यकताको आधारमा ल्याउन सक्छ : महेश बर्तौला
ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला
सरकार ७६ (२) अनुसार नै बन्ने महेश बर्तौलाको दाबी
काँग्रेसले द्वन्द्व र मुठभेडको अवस्था निम्त्याउन खोज्यो : महेश बर्तौला
अर्थमन्त्रीले कानमा कपास राखेर भए पनि संसदमै बजेट पढ्नुहुन्छ : एमाले