काठमाडौं। सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्लाई आफ्नो दलको केन्द्रीय समिति वा तरुण क्लब नठान्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।
बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले भनेको मान्नुपर्छ भन्ने कुनै आवश्यकता नरहेको बताए। उनले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने बताएका छन्।
'बोल्न नदिने, जवाफ दिन नदिने हुँदैन। यो कांग्रेसको केन्द्रीय समिति हैन, सदन हो। जनताबाट चुनिएर आएका २७५ जना प्रतिनिधि बस्ने हो। यो नेविसंघ वा तरुण क्लबजस्तो हैन, संसद् हो। मर्यादा हुन्छ। कांग्रेसमात्र छैन यहाँ। हामी पनि छौँ,' उनले भने।
बिहीबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसकै अवरोधका बीच सभामुख देवराज घिमिरलेले संसद् बैठक अघि बढाएपछि सदनमा मुठभेडको स्थिति सिर्जना भएको थियो। त्यसपश्चात् सभामुखले सदन बैठक स्थगित गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संघीय संसदबाट अध्यादेश पारित हुन्छ : योगेश भट्टराई
सामाजिक सञ्जाललाई प्रतिबन्ध होइन, नियमन गर्न खोजेका हौं : योगेश भट्टराई
अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई
लेखा समिति सभापति विपक्षीलाई दिन संविधान संशोधन गरौँ : योगेश भट्टराई
बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा हामी आशावादी छौँ : योगेश भट्टराई