काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । बिहीबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गरी बुधबार भृकुटीमण्डपमा अपांगता भएकाहरुको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको विरोध जनाएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका सम्बन्धमा बनेका कानुनहरु र यस अगाडि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र आन्दोलनरत पक्षबीच भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले प्रदर्शन गरेका थिए ।
आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकार बिच यस अघि भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिन, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न एवम् शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान र संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगले रत्नपार्कको शान्तिवाटिकाबाट पर्यटन बोर्ड हुँदै माइतीघरसम्म पूर्वयोजना अनुरुप अपाङ्गता भएका व्यक्तिहरुको समूहले गरेको प्रदर्शनको अनुगमन गरेको जनाएको छ ।
अनुगमनमा उक्त क्षेत्रको सवारी आवागमन अबरुद्ध भएको, सडकको दुई लेनमा प्रदर्शन गरी बाँकी भागमा सवारी आवागमन गराउन खोज्दा विवाद भएको, यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि लछारपछार गर्दै कुटपिट गरेको आयोगले जनाएको छ ।
बुधबार सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले बुधबार पर्यटन बोर्ड अगाडि प्रदर्शन गर्ने २० जनालाई लछारपछार गर्दै पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैँ बिदामा मानव अधिकार आयोग खुला रहने
विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न आयोगको निर्देशन
यातना पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह
रूवी खानसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै गृहलाई आयोगको पत्र
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन आयोगको आग्रह