काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबस)को सान्दर्भिकता अझै समाप्त नभएको बताएका छन्।
मदन-आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै दासढुंगा दुर्घटनामा विषयमा गम्भीर खोजी गर्नुपर्ने बताए। उनले भने, ‘मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, हामीले नै यो आन्दोलनलाई उचाइमा पुर्याउन आवश्यक छ। उहाँले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखिएको चुनौतीलाई उल्लेख गरेर भन्नुभयो, कम्युनिष्ट पार्टीलाई असफल पार्ने प्रयासहरू विफल पार्नुपर्छ। र, कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्नुपर्छ।
आन्दोलनको लोकप्रियतालाई अगाडि बढाउने क्रममा जनताको विश्वास लिन जनताको बहुदलीय जनवादको विचार अगाडि सार्नुभयो त्यसको सान्दर्भिकता समाप्त भएको छैन। कार्य क्रमिक रूपमा हामी नयाँ क्षणमा प्रवेश गरेका छौँ, हिजो जनवादी क्रान्तिको चरणमा थियौँ, अहिले समाजवादी क्रान्तिको चरणमा छौँ। त्यसैले त्यो विचारको अझै सान्दर्भिकता छ भन्ने बुझ्नु नै मदन भण्डारीप्रति सच्चा सम्मान गरेको ठहरिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ खनालले भने -पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन
यस्तो छ नेकपा एसका नेताहरुको कार्य विभाजन प्रस्ताव, कसलाई कुन जिम्मेवारी ?
सर्वोच्चको फैसलाले निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको नेकपा एसको ठहर
एकीकृत समाजवादीका २ सय ५१ केन्द्रीय सदस्यले लिए शपथ
नेकपा एसले दियो प्रदेश इन्चार्ज र सचिवलाई केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मा
एकीकृत समाजवादीको महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई