एउटै चार्टर उडानबाट नेपाल भ्रमणमा आए १८० भियतनामी पर्यटक

सफल खबर संवाददाता

विहीबार, ०३ जेठ २०८१, १३ : २६
एउटै चार्टर उडानबाट नेपाल भ्रमणमा आए १८० भियतनामी पर्यटक

काठमाडौँ । भियतनामबाट एक साथ १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् । रुप्से होलिडेजका अनुसार उनीहरू चार्टर फ्लाइटमार्फत नेपाल भ्रमणमा आएका हुन् । यो सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी एकै पटक नेपाल आएको पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

१८० तीर्थालु भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइट मार्फत सोझै काठमाडौँ आएका हुन् । सो चार्टरमा रुस, युरोप, अमेरिका लगायत गन्तव्यबाट पनि पर्यटकहरू काठमाडौँ आएका छन् ।

भियतनामी पर्यटकहरू ७ रात र ८ दिनको यात्रामा काठमाडौँ ओर्लिएको कम्पनीले जनाएको छ । उनीहरूले काठमाडौँ उपत्यकाका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्ने कार्यक्रम छ । साथमा हलेसी दर्शनमा समेत जाने छन् ।

 

प्रतिक्रिया दिनुहोस