काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग सहमति जुटाई विधायनसम्बन्धी विधेयक अघि बढाउन आग्रह गरेका छन्। आइतबार सिंहदरवारमा बसेको प्रमुख सचेतकहरूको बैठकमा सभामुख घिमिरेले विधायनसम्बन्धी विधेयक सहमतिका आधारमा अघि बढाउन आग्रह गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विधेयकका केही विषयमा अझै छलफल आवश्यक भएकाले कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए।
उनका अनुसार, समितिले सर्वसम्मतिले पारित गरी संसदमा पठाएको विधेयकमा सरकारले केही हेरफेर गरेको छ। मन्त्रिपरिषद्को कार्यसम्पादन नियमावलीअनुसार निर्देशिका तथा नियमावलीसम्बन्धी सबै निर्णय क्याबिनेटबाट गर्नुपर्ने प्रावधानले ढिलाइ हुने भएकाले मन्त्रालयहरूले केही अधिकार सम्बन्धित मन्त्री र मन्त्रालयमै रहने गरी परिमार्जनको प्रस्ताव अघि सारेका छन्। त्यसलाई विधेयकमा कसरी समावेश गर्ने भन्ने विषयमा छलफल भएको बर्तौलाले बताए।
नेकपा (माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधायनसम्बन्धी विधेयकमा समितिबाट सहमति भएका ६ बुँदा सरकारको संशोधनपछि तीन बुँदामा सीमित भएको भन्दै असहमति जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख
आईपीयूको महासभामा सहभागी हुन सभामुख घिमिरे उज्वेकिस्तान जाँदै
सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना
सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे
सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली :सभामुख घिमिरे