कोशी प्रदेश

हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, ५७ जनाको समर्थन

सफल खबर संवाददाता

सोमबार, ३१ बैशाख २०८१, १५ : ३२
हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, ५७ जनाको समर्थन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।

संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेश सभा सदस्यले विश्वासको मत पाए ।

कार्कीलाई ५७ जना प्रदेश सभा सदस्यले विश्वासको मत पाए ।प्रदेश सभामा सभामुख सहित ६ सदस्य रहेको राप्रपाका सदस्य भने तटस्थ बसेका छन् । प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । यसअघि प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गरेका हुन ।

प्रतिक्रिया दिनुहोस