काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म सरकारका कुनै पनि काम कारबाही अगाडि बढ्न नदिने बताएका छन् ।पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिवार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
'संसदीय समिति नबन्दासम्म नीति तथा कार्यक्रम मात्रै होइन, सरकारका कुनै पनि काम कारबाही अगाडि बढ्न सक्दैनन्', उनले भने, 'संसद् चल्न दिने/नदिने भन्ने विषयमा छलफल भएको होइन, सशक्त कसरी बनाउने भन्ने विषयमा छलफल भएको हो ।
सरकार संसदीय समिति नबनाइ जबरजस्ती अघि बढ्न खोजेको बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए ।यसबारे संसदीय दलको बैठकमा थप छलफल हुने उनले जानकारी दिए ।कांग्रेसले सोमवार संसदीय दलको बैठक बोलाएको छ ।
सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको समेत संलग्नताको रहेको भन्दै कांग्रेसले निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।
संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान कांग्रेसले राखेपछि शुक्रवार दुवै सदनका बैठक प्रभावित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतसम्ममा सबै विधेयक पारित गर्न संयन्त्र बनाएर काम गरिरहेका छौं : गगन थापा
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा
शेरादरबार, ललितानिवास, गिरिबन्धु सबैको फाइल खोलौँ : गगन थापा
जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : महामन्त्री थापा
जलवायु परिवर्तनको असरले नेपालका हिमनदीहरू खतरामा छन् : महामन्त्री थापा
नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न गगन थापाको आग्रह